Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई मर्ज गर्ने

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई मर्ज गर्ने

अर्थ प्लस
मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई मर्ज गर्ने

काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले एक फाइनान्स कम्पनी र एक विकास बैंकलाई मर्ज गर्ने भएको छ । बैंकले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको हो । 

सो सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा तीनवटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरे। 

वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ति प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।

प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्तिसम्बन्धी आवश्यक विस्तृत अध्ययन, मूल्याङ्कन, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (ड्यु डिलिजेन्स), शेयर आदान–प्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

प्रस्तावित प्राप्ति नेपाल राष्ट्र बैंक तथा प्रचलित कानूनबमोजिम आवश्यक स्वीकृति तथा नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुनेछ ।

तीनवटै संस्थाले प्रस्तावित प्रक्रियालाई पारदर्शी, व्यवस्थित तथा प्रचलित कानूनी एवं नियामकीय व्यवस्थाअनुरूप अघि बढाउँदै सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार