Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

अर्थ प्लस
भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

काठमाडौँ / भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मनकामना केबलकारका सम्पूर्ण कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।

कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन्। कर्मचारीहरूको तर्फबाट संकलित कुल रु. ३ लाख ११ हजार २२२ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।

उक्त रकम एभरेस्ट बैंक लिमिटेडको नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो। प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले आफ्नो
तलबबाट उक्त रकम योगदान गरेका हुन्।

मनकामना केबलकारले विपद्को समयमा प्रभावित नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ। कर्मचारीहरूको यस योगदानले बाढीपीडितको राहत तथा पुनःस्थापना कार्यमा केही सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

सम्बन्धित समाचार