Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नयाँ थप सर्वोत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यमा

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नयाँ थप सर्वोत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यमा

अर्थ प्लस
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नयाँ थप सर्वोत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यमा

काठमाडौँ, जेठ ८ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले प्रदान गर्दै आईरहेका विभिन्न सेवाहरु थप नयाँ स्वरुपमार्फत प्रवाह गर्न लागेको छ ।

नयाँ स्वरुप अन्तरगत कम्पनीले नयाँ लक्ष्य, बृहत दृष्टिकोण र नयाँ मान्यताहरुलाई अगाडि सारेर थप सर्वोत्कृष्ट सेवा प्रदान गर्न लागेको बताएको छ ।

कम्पनीले विश्वसनीय, व्यावसायिक र ग्राहक–केन्द्रित विश्व–स्तरीय मर्चेण्ट बैंकिङ्ग र लगानी बैंकिङ्ग सेवा प्रदान गर्दै नेपालमा सबैभन्दा राम्रो लगानी बैंकिङ्ग सेवा प्रदायक हुने दृष्टिकोणका साथ काम गरिरहेको पनि बताएको छ ।

एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग  बीच साझेदारी भएसँगै विभिन्न परियोजनामा लगानी तथा व्यापारिक संघ संस्थाहरुमा वित्तीय परामर्श सेवाहरु प्रवाह गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ । 

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग  नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । 

 

सम्बन्धित समाचार