Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

कुमारी बैंकको ७.१७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको ७.१७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
कुमारी बैंकको ७.१७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ, जेठ  ९ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। शेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

 

सम्बन्धित समाचार