Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रभु बैङ्कका ग्राहक र कर्मचारीहरूले होटल सरोवर र किङ्गस लाउन्ज पोखराको सेवा सुविधामा छुट पाउने

प्रभु बैङ्कका ग्राहक र कर्मचारीहरूले होटल सरोवर र किङ्गस लाउन्ज पोखराको सेवा सुविधामा छुट पाउने

अर्थ प्लस
प्रभु बैङ्कका ग्राहक र कर्मचारीहरूले होटल सरोवर र किङ्गस लाउन्ज पोखराको सेवा सुविधामा छुट पाउने

बुधवार, जेठ ९ २०८१
पोखरा - पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले विशेष छुट पाउने भएका छन् । बैङ्कले आफ्ना होटल सरोवर र किङ्गस लाउन्जमा उपलब्ध सेवाहरूमा बिशेष छुट प्रदान गर्ने सम्झौता गरेसँगै बैङ्कका कर्मचारी तथा ग्राहकवर्गहरूले सो सुविधा पाउने भएका हुन् । 
मङ्गलबार छुट्टाछुट्टै समारोहकाबीच होटल सरोवरकोतर्फबाट मूख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैङ्कका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैङ्कका ग्राहकबर्ग, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरू जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवा हरूमा बिशेष छुट प्राप्त गर्न सक्नेछन भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरू जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा बिशेष छुट प्राप्त गर्न सक्नेछन् । 
साथै, प्रभु बैङ्कका कर्मचारी तथा ग्राहक हरूले आफ्नो बैङ्क सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।

नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रूपमा लागि राख्नु भएको प्रा.डा. भरत पहारीद्वारा सञ्चालित होटल सरोवर पोखराको लेकसाइडमा एकै छानामुनी अत्याधुनिक सेवा तथा सुबिधाहरू उपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्ज पोखरा युवा तथा सँगित पे्रमी लक्षित होटल तथा रेष्टुरेण्टको रूपमा बहुचर्चित पाइन्छ ।

त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै ‘बैङ्क अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटिएकाम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौँ बिश्वास दिन्छौँ’ मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

समारोहमा प्रभु बैङ्क गण्डकी प्रदेशका सञ्चालन जोखिम अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी, होटल सरोवरका म्यानेजर मनिस श्रीवास्तव तथा किङ्गस लाउन्ज पोखरा प्रबन्धक मदन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार