Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

एनएमबि बैंकको नाफामा २७ प्रतिशतको छलाङ, वितरणयोग्य नाफा झन्डै ४४ प्रतिशतले बढ्यो

एनएमबि बैंकको नाफामा २७ प्रतिशतको छलाङ, वितरणयोग्य नाफा झन्डै ४४ प्रतिशतले बढ्यो

अर्थ प्लस
एनएमबि बैंकको नाफामा २७ प्रतिशतको छलाङ, वितरणयोग्य नाफा झन्डै ४४ प्रतिशतले बढ्यो

एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतले बढी हो।

नाफामा भएको वृद्धिसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (ईपीएस) पनि २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११.६४ रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको कर्जा तथा निक्षेप दुवैमा वृद्धि भएको छ। बैंकको कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कुल कर्जा वृद्धिदर बैंकिङ उद्योगको औसत वृद्धिदरभन्दा माथि रहेको छ।

बैंकको खराब कर्जाको अनुपातमा समेत सामान्य सुधार देखिएको छ। अघिल्लो त्रैमासमा ४.९७ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ४.९२ प्रतिशतमा झरेको छ।

त्यसैगरी, बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। सम्भावित नोक्सानी व्यवस्थापन खर्च (इम्पियरमेन्ट चार्ज) भने २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ।

बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत रहेको छ। बैंकले यसलाई आफ्नो पुँजीगत सुदृढता, वित्तीय स्थायित्व तथा दिगो बैंकिङ अभ्यासप्रतिको निरन्तर प्रतिबद्धताका रूपमा प्रस्तुत गरेको छ।

सम्बन्धित समाचार