Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

नाफामा मध्यम सुधार, कुमारी बैंकको वितरणयोग्य नाफा धनात्मक

नाफामा मध्यम सुधार, कुमारी बैंकको वितरणयोग्य नाफा धनात्मक

अर्थ प्लस
नाफामा मध्यम सुधार, कुमारी बैंकको वितरणयोग्य नाफा धनात्मक

कुमारी बैंक लिमिटेड (KBL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा नाफामा १.७ प्रतिशतको वृद्धि देखिएको छ।

सञ्चालन आम्दानीमा भएको विस्तार, जोखिम व्यवस्थापन र कर्जा असुलीमा आएको सुधारले बैंकको नाफा वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा २ अर्ब ९ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी ८८ करोड २३ लाख रुपैयाँ कायम भएको छ। बैंकको कुल सञ्चालन आम्दानी गत वर्षको ४ अर्ब २१ कराेड रुपैयाँबाट घटेर ३ अर्ब ६७ कराेड रुपैयाँमा सीमित भएकाे छ। यसै अवधिमा सम्भावित कर्जा नोक्सानी व्यवस्थापन गत वर्षको १ अर्ब २६ कराेड रुपैयाँबाट घटेर ४४ करोड ९९ लाख रुपैयाँमा सीमित भएपछि बैंकको खुद सञ्चालन नाफा बढेर ३ अर्ब २२ कराेड रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा १ अर्ब ८८ कराेड रुपैयाँ रहेको छ।

बैंकको वित्तीय विवरणमा सबैभन्दा उत्साहजनक पक्ष लगानीकर्ताका लागि महत्त्वपूर्ण मानिने वितरणयोग्य नाफामा आएको सकारात्मक मोड हो। गत वर्षको सोही अवधिमा बैंकको कुल वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड रुपैयाँले ऋणात्मक (घाटामा) रहेकोमा समीक्षा अवधिमा भारी सुधार भई १४ करोड ७१ लाख रुपैयाँ धनात्मक बनेको छ। यसले बैंक विगतको नोक्सानी र प्रोभिजनिङको भारबाट बाहिर निस्कँदै शेयरधनीहरूलाई लाभांश बाँड्न सक्ने क्षमतामा पुनः फर्किएको स्पष्ट सङ्केत गर्छ।

बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष र सञ्चित नाफा गरी १८ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ। बैंकको कुल निक्षेप संकलन ४ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ भने ग्राहक कर्जा प्रवाह २ खर्ब ९३ अर्ब रुपैयाँ कायम भएको छ।

बैंकको प्रतिशेयर आम्दानी बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ३१ पैसा कायम भएको छ।

Particulars 083-084 (Q1) 082-083 (Q4) 082-083 (Q3) 082-083 (Q1) YoY Growth
Paid Up 26,225,861.34 26,225,861.34 26,225,861.34 26,225,861.34 -
Reserve 18,963,227.90 18,568,209.82 15,348,934.58 11,857,086.59 -
Net Interest Income 2,091,282.68 12,013,083.60 9,302,222.93 2,912,050.99 -28.19%
Operating Income 3,672,015.63 16,358,432.25 12,813,075.71 4,215,313.75 -12.89%
Profit Before Provision 2,335,279.91 9,795,560.85 8,071,866.40 2,688,142.87 -13.13%
Operating Profit 1,885,325.49 11,235,525.91 6,504,963.63 1,424,035.79 32.39%
Net Profit 1,074,505.92 7,387,197.90 4,178,048.41 1,056,531.15 1.70%
Distributable Profit 147,188.50 791,661.68 -1,989,509.17 -3,919,920.20 103.75%

 

सम्बन्धित समाचार