Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आशा लघुवित्तको अध्यक्षमा गौतम चयन

आशा लघुवित्तको अध्यक्षमा गौतम चयन

अर्थ प्लस
आशा लघुवित्तको अध्यक्षमा गौतम चयन

काठमाडौं, जेठ १४ । आशा लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बिष्णु मणि गौतम सर्वसम्मत चयन भएका छन् । 

गत जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा गौतमलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो । यसैगरी,सोहि बैठकले गौतमको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति पनि चयन गरेको छ ।

जसअनुसार सञ्चालक समिति सदस्यहरुमा संस्थापक समूहको तर्फबाट कविता पोख्रेल, विमल डंगोल, नारायण प्रसाद घिमिरे, हेमन्त पौडेल र विजय कुमार क्षेत्री छन् । सञ्चालकमा विजय कुमार क्षेत्री स्वतन्त्र सञ्चालकको रुपमा छन्  । त्यस्तै, अविनास सिलवाल सर्वसाधारण समूहबाट सञ्चालकमा छन् । 

 कम्पनीका अध्यक्ष गौतम सर्वसाधारण समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका हुन् । 

 

सम्बन्धित समाचार