Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

धितोपत्र बोर्ड र बीमा प्राधिकरणको कार्यक्षमता सुधार गरिने

धितोपत्र बोर्ड र बीमा प्राधिकरणको कार्यक्षमता सुधार गरिने

अर्थ प्लस
धितोपत्र बोर्ड र बीमा प्राधिकरणको कार्यक्षमता सुधार गरिने

काठमाडौं, जेठ १५ । दक्ष कर्मचारीको अभावमा हप्तैपिच्छे नीति, निर्देशनहरु फेरबदल गरेर नीतिगत भ्रष्टाचार हुने निकायको रुपमा परिचित नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको क्षमता अभिबृद्धि गर्ने सरकारले घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत सरकारले आगामी वर्ष नियामक निकायहरुलाई थप प्रभावकारी बनाउने घोषणा गर्दै पुँजि बजार सम्बन्धी नियामक निकाय धितोपत्र बोर्डको क्षमता अभिबृद्धि गर्ने र बस्तु बिनिमयको लागि आवश्यक कानुन लगायतका व्यवस्था गरिने उल्लेख गरेका छन् ।

त्यसैगरी, नेपाल बीमा प्राधिकरणमा दक्ष जनशक्ति अभावको विषयमा पनि अर्थमन्त्री वर्षमान पुनले बजेटमा सम्बोधन गरेका छन् । आगामी वर्षमा प्राधिकरणको समेत क्षमता अभिबृद्धि गरी थप प्रभावकारी बनाउने घोषणा गरेका छन् । त्यस्तै, लघुबीमाका लागि जनतालाई प्रोत्साहित गर्ने उल्लेख छ ।

 

सम्बन्धित समाचार