काठमाडौं, जेठ १६ । मकर जितुमाया सुरी हाइड्रोपावरको लक इन अवधि आज (जेठ १६ गते) बाट सकिँदैछ । कम्पनीको संचालक डोल्मा इम्प्याक्ट फण्ड–आईको नाममा रहेको कम्पनीको २६ लाख पाँच हजार ९०० कित्ता शेयरको लक इन अवधि सकिने भएको हो ।
कम्पनीको गत जेठ १७ गते बसेको संचालक समितिको बैठकले संचालक समितिमा प्रतिनिधित्व गर्ने डोल्मा इम्प्याक्ट फण्ड–आईको राजिनामा सोही दिनदेखि लागू हुनेगरी स्वीकृत गरेको थियो ।
सोही मितिदेखि उक्त शेयरधनी संस्थाको नाममा रहेको कम्पनीको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख पाँच हजार ९०० कित्ता शेयर खरिद बिक्री, हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी एक वर्षका लागि रोक्का गरिएको थियो ।
लक इन अवधि सकिएसँगै अब भोलिदेखि संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
