Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै

राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै

अर्थ प्लस
राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै

काठमाडौं, जेठ  १७ । नेपाल राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। तरलता व्यवस्थापन गर्न जेठमा यो छैटौ पटक राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो।

निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।

राष्ट बैंकले आज फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ।

 

 

सम्बन्धित समाचार