Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

के हो सिटिजन्स बैंकको ‘खुत्रुके’ योजना, कसरी लिने यसबाट लाभ ?

के हो सिटिजन्स बैंकको ‘खुत्रुके’ योजना, कसरी लिने यसबाट लाभ ?

अर्थ प्लस
के हो सिटिजन्स बैंकको ‘खुत्रुके’ योजना, कसरी लिने यसबाट लाभ ?

काठमाडौं, जेठ  १७ । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकहरुको सहजताको लागि नयाँ नयाँ योजनाहरु ल्याउने गरेको छ ।

त्यसैक्रममा हालै कम्पनीले ग्राहकहरुको लागि सुरक्षित राख्न ‘खुत्रुके’ योजना ल्याएको छ। कम्पनीले ग्राहकहरुको रकम सुरक्षित राख्न ‘खुत्रुके’ योजना ल्याएको हो ।

घरको खुत्रुकेमा पैसा जम्मा गर्दा हराउने र चोरी हुने जोखिम बढी हुने र यसबाट थप लाभ पनि नपाइने हुँदा कम्पनीले त्यस्ता ग्राहकहरुको हितको लागि यो योजना ल्याएको बताएको छ। यसका लागि खुत्रुकेमाभन्दा सिटिजन्स बैंकमा खाता खोलेर नै पैसा राख्नु बढी फाइदाजनक हुने भन्दै कम्पनीले जनचेतनाका लागि भिडियोमार्फत संदेशसमेत दिएको छ । 

उक्त भिडियोमा एक व्यक्ति जसले लामो समयदेखि खुत्रुकेमा जम्मा गरेको रकमले पोखरा घुम्न जाने, नयाँ हुडी र राम्रो जिन्स पाइन्ट लगाउने जस्ता योजना बनाइरहेको देखिन्छ । तर, विभिन्न कारणबस उनी सिटिजन बैंकको प्राङगणमा पुग्छन् । त्यसपछि उनलाई सिटिजन बैंकमा लगेर त्यो रकम जम्मा गर्ने विचार आउँछ।

यो संदेशले अहिलेका युवा पुस्ताहरुलाई पनि खुत्रुकेमा होइन बचत बैंकमा नै खाता खोलेर राख्नुपर्छ भन्ने शिक्षा दिएको छ । यो मात्र होइन, भिडियोमा सिटिजन बैैंक नै यसका लागि बढी उपयुक्त हुन्छ भन्न खोजेको देखिन्छ।

बैंकमा बचत गर्दा बचतको सुरक्षा मात्र नभई त्यसमा ब्याज बापत केहि पैसासमेत थप हुने र बैंकिङ्ग कारोबारमा पनि बानी पर्ने भन्दै एक फरक किसिमको सन्देश दिन खोजिएको छ ।

यो भिडियोको सन्देश नै खुत्रुकेमा पैसा जम्मा गर्नुको विकल्प सिटिजन बैंकमा खाता खोल्नु भएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार पैसालाई घरमा राख्नुभन्दा बैंकमा जम्मा गर्नु उचित रहेको भन्ने सन्देश उक्त भिडियोमार्फत बुझाउन खोजिएको छ । 

सिटिजन्स बैंकमा बचत खाता खोल्दा ३.२५ प्रतिशत देखि ५.२५ प्रतिशतसम्म ब्याज पाउने व्यवस्था छ ।

कम्पनीले हालसम्म देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

सम्बन्धित समाचार