Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

दाल, गेडागुडी आयातमा अग्रिम आयकर लगाउदा महँगीको मारमा उपभोक्ता

दाल, गेडागुडी आयातमा अग्रिम आयकर लगाउदा महँगीको मारमा उपभोक्ता

अर्थ प्लस
दाल, गेडागुडी आयातमा अग्रिम आयकर लगाउदा महँगीको मारमा उपभोक्ता

काठमाडौं, जेठ १८ । नेपाल चामल, तेल र दाल उद्योग सङ्घले नेपालीको भान्सामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रशोधन गरी बिक्रीवितरण गर्ने दाल उद्योगको कच्चापदार्थ (दाल, गेडागुडी) आयातमा अग्रिम आयकर लगाउनु दुःखद् भएको बताएको छ ।

सङ्घका अध्यक्ष कुमुद दुगडले बिहीबार विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कच्चापदार्थ आयतमा १० प्रतिशत अग्रिम आयकर थपिँदा दाल र गेडागुडी महँगो हुने र उपभोक्ता मारमा पर्ने बताएका हुन् । 

“कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर थपिँदा आयातीत तयारी दाल, गेडागुडी र खुला सिमानाबाट आयात हुने गेडागुडीसँग प्रतिस्पर्धा गर्न नसकी उद्योग बन्द हुने स्थिति आउनसक्छ”, सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

हाल मिलको कच्चा दाल र गेडागुडी आयतमा १० प्रतिशत भन्सार महसुल लागिरहेको अवस्थामा अग्रिम करले गेडागुडी झन महँगो हुने सङ्घले जनाएको छ।

नेपालमा हाल ३५ दाल उद्योगमा झण्डै रु ३५ अर्ब लगानी रहेको र पाँच हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिइ मुलुकको राजस्वमा उल्लेख्य योगदान दिँदै आएको अध्यक्ष दुगडले बताए । 

सङ्घले स्वदेशी दाल उद्योगले १० प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने भएकाले कच्चा दालमा लागेको अग्रिम आयकर खारेज गर्न सरकारसँग अनुरोध गरेको छ । 

सम्बन्धित समाचार