Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एक वर्षमा ३० लाखभन्दा बढी हायर पर्चेज कर्जा लिनेमाथि राष्ट्र बैंकको निगरानी

एक वर्षमा ३० लाखभन्दा बढी हायर पर्चेज कर्जा लिनेमाथि राष्ट्र बैंकको निगरानी

अर्थ प्लस
एक वर्षमा ३० लाखभन्दा बढी हायर पर्चेज कर्जा लिनेमाथि राष्ट्र बैंकको निगरानी

काठमाडौं, जेठ १८ । कुनै ग्राहकले एक वर्षमा ३० लाखभन्दा बढी हायर पर्चेज कर्जा लिएमा त्यसको जानकारी राष्ट्र बैंकलाई गराउनुपर्ने भएको छ।केन्द्रीय बैंकले शुक्रबार हायर पर्चेज कम्पनीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था लागु गर्दै यस्तो निर्देशन दिएका हो।

राष्ट्र बैंकले जारी गरेको सो व्यवस्थामा कारोबारको सीमा सम्बन्धी व्यवस्था छ। जसले एकै पटक वा पटक–पटक गरी एक आर्थिक वर्षमा कुनै ग्राहकले ३० लाख वा सोभन्दा बढी रकमको हायर पर्चेज कर्जा लिएमा र एकै पटक वा पटक–पटक गरी एक दिनमा कुनै एक ग्राहकले रु।१० लाख वा सोभन्दा बढी रकम भुक्तानी गरेमा कारोबार भएको मितिले १५ दिनभित्र गो एमएल मार्फत वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनु पर्नेछ।

राष्ट्र बैंकले तोकेको नियमको प्रभावकारी कार्यान्वयन नगर्ने हायर पर्चेज कर्जा दिने कम्पनी र त्यस्तो कम्पनीका कर्मचारी तथा पदाधिकारीलाई कारबाही हुने राष्ट्र बैंकले जनाएको छ । कारबाही गर्दा ऐन, नियमावली तथा निर्देशनको पालना नभएको अवस्था, उल्लघंनको मात्रा र सो बाट पर्न सक्ने प्रणालीगत प्रभाव लगायतका विषयको गाम्भीर्यताका आधारमा जरिवाना गरिने छ।

राष्ट्र बैंकले यस व्यवस्थाको उल्लंघन गर्ने कम्पनीलाई ५ करोड रुपैयाँसम्म जरीबाना हुन सक्ने जनाएको छ।

 

सम्बन्धित समाचार