Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

शेयर बजारका बादशाह बफेटका प्रेरक विचारहरु : मार्केटमा तिमीले गर्न सक्ने गल्ती भनेको ताजा हेडलाइनका आधार किनबेच गर्नु हो

शेयर बजारका बादशाह बफेटका प्रेरक विचारहरु : मार्केटमा तिमीले गर्न सक्ने गल्ती भनेको ताजा हेडलाइनका आधार किनबेच गर्नु हो

अर्थ प्लस
शेयर बजारका बादशाह बफेटका प्रेरक विचारहरु : मार्केटमा तिमीले गर्न सक्ने गल्ती भनेको ताजा हेडलाइनका आधार किनबेच गर्नु हो

शेयरबजारमा लगानी गर्दै हुनुहुन्छ भने विश्वकै शेयरबजार क्षेत्रमा सफल लगानीकर्ताको रूपमा परिचय बनाएका ब्यक्तिको बारे जानकारी लिनु फाइदाजनक नै हुन्छ । 

अमेरिकी अर्बपति वारेन बफेटका बारेमा नसुन्ने सायदै कमै होलान् ।  बफेटले विभिन्न कार्यक्रम, तथा अन्तर्वार्ताहरुमा दिएका विचारहरु पनि लगानीकर्ताहरुका लागि प्रेरणादायी हुन सक्छ । उनका कथाहरू तपाईंका लागि सफल लगानीको मन्त्र नै सावित हुनेछन् ।

नेपाललगायत विभिन्न देशका शेयरबजारका लगानीकर्ताले बफेटलाई लगानीका लागि पछ्याउने गर्छन् । 

सरसर्ती हेर्दा झण्डै करोडको संख्यामा बफेटका फलोअर्सहरू छन् । जो उनको शेयरबजारको लगानी गर्ने शैलीलाई पछ्याँउदै मनग्य आम्दानी गरिरहेका छन् । 

सामान्य परिवारमा हुर्केका बफेट आज विश्वकै धनाढ्यहरूको सूचीमा अग्रस्थानमा आउँछन् भने अन्तर्राष्ट्रिय रूपमा प्रख्याति कमाएको कम्पनी हाथवे कम्पनीको मालिक पनि हुन् उनी । 

उनका केहि प्रेरक भनाइहरूः

१. यदि तिमीले सुतिरहदा पनि पैसा कमाउने माध्यम भेट्टाउन सक्दैनौ भने तिमीले मरुन्जेल काम गर्नुपर्ने हुन्छ । 

२. सबैभन्दा उत्तम लगानी भनेको आफै माथिको लगानी हो !! जति तिमी  सिक्नसक्छौ उति बढी कमाउन सक्छौ ।

३. एउटा व्यक्तिमा यी तीन गुणहरू खोज्ने गर्नु विद्वता, उर्जा र इमान्दारिता । यदि अन्तिमको गुण छैन भने अघिल्लो दुई गुणका लागि कष्ट नगर्नु ।

४. खर्च गरिसकेपछि बाँकी रहेको पैसालाई बचत गर्ने होइन, बचत गरिसकेपछि बाँकी रहेको पैसालाई खर्च गर्ने गर्नु ।  

५. हामी अरूभन्दा ज्यादा स्मार्ट बन्नु आवश्यकता छैन तर, अरू भन्दा बढी अनुशासित अवश्य बन्नुपर्ने हुन्छ । 

६. स्टक मार्केटमा तिमिले गर्न सक्ने  गल्ती भनेको ताजा हेडलाइनका आधार किनबेच गर्नु हो । 

७. यदि तिमीले आफ्नो भावनालाई नियन्त्रण गर्न सक्दैनौ भने तिमीले पैसा माथी नियन्त्रण गर्न सक्दैनौ । 

८. आफ्नै तिमीबाट सिक्नु उत्तम कुरा हो, अर्काको गल्तिबाट सिक्नु झनै सर्वोत्तम कुरा हो । 

९. दिनमा १०० पाना पढ्ने गर्नु, यसरी नै ज्ञानको विकास हुन्छ यसले चक्रिय ब्याज जसरी तिमीलाई फाइदा दिनेछ ।

सम्बन्धित समाचार