Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

विदेशी लगानीकर्ता आईएफआईसी बैंकले नबिल बैंकको शेयर बेच्ने निर्णय स्थगित

विदेशी लगानीकर्ता आईएफआईसी बैंकले नबिल बैंकको शेयर बेच्ने निर्णय स्थगित

अर्थ प्लस
विदेशी लगानीकर्ता आईएफआईसी बैंकले नबिल बैंकको शेयर बेच्ने निर्णय स्थगित

काठमाडौँ, जेठ २० । बंगलादेशको आईएफआईसी बैंकले नबिल बैंकको शेयर बेच्ने निर्णय स्थगित गरेको छ । विदेशी लगानीकर्ता आईएफआईसीको नाममा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक शेयर बिक्रका लागि अघि बढाइएको कामकारवाही स्थगित भएको हो ।

आईएफआईसीको नबिल बैंकमा विद्यमान सेयर कायमै राख्ने निर्णय हो । नबिल बैंकमा कायम रहेको संस्थापक सेयरलाई निरन्तरता दिने भनी आईएफआईसीले बिक्रीको निवेदन फिर्ता लिएको तथा खरिदको प्रस्ताव पेश गर्नुहुने संस्थापक सेयरधनीले समेत निवेदन फिर्ता लिई सेयर खरिदबिक्रीको प्रक्रियाबाट बाहिरिएको जानकारी गराएकोले जेठ १९ गते बसेको संचालक समिति बैठकले नियामक निकायलाई जानकारी गराउने निर्णय गरेको जनाएको छ ।

सम्बन्धित समाचार