Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

हिमालयन बैंकले विराटनगरको रोडशेष चोकबाट सञ्चालनमा ल्यायो बैंकिङ सेवा

हिमालयन बैंकले विराटनगरको रोडशेष चोकबाट सञ्चालनमा ल्यायो बैंकिङ सेवा

अर्थ प्लस
हिमालयन बैंकले विराटनगरको रोडशेष चोकबाट सञ्चालनमा ल्यायो बैंकिङ सेवा

काठमाडौँ, जेठ २० । हिमालयन बैंकले विराटनगर महानगरपालिका- १२ स्थित रोडशेष चोकबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको  छ।

कम्पनीले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका १२ बाट सम्पूर्ण बैंकिङ सेवा सञ्चालनमा ल्याएको  हो। 

उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा कम्पनीका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले संयुक्त रुपमा गरेका थिए ।

हाल कम्पनीले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम,  ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र  १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

सम्बन्धित समाचार