Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
बैंकवित्त

एनआइबिएल स्टेबल फन्डमा लगानीकर्ताको न्यून आकर्षण, लगानीकर्ता भन्छन् दोस्रो बजारमा आउँदासम्म घाटा लागिसक्छ

एनआइबिएल स्टेबल फन्डमा लगानीकर्ताको न्यून आकर्षण, लगानीकर्ता भन्छन् दोस्रो बजारमा आउँदासम्म घाटा लागिसक्छ

एनआइबिएल स्टेबल फन्डमा लगानीकर्ताको न्यून आकर्षण, लगानीकर्ता भन्छन् दोस्रो बजारमा आउँदासम्म घाटा लागिसक्छ

काठमाडौ, ३ माघ । एनआइएमबि एस क्यापिटलले जारी गरेको बन्दमुखी म्युचुअल फन्ड योजना एनआइबिएल स्टेबल फन्डमा लगानीकर्ताको न्यून आकर्षण देखिएको छ ।

प्राथमिक लगानी गर्नुभन्दा दोस्रो बजारमा नै न्यून मूल्यमा पाइने भएपछि उक्त सामूहिक लगानी कोष योजनामा निकै कम आवेदन परेको हो । योजनाले माघ २ गते मङ्गलबारदेखि १० रुपैयाँ मूल्यका १० करोड इकाई बिक्री खुला गरेको थियो । तर पछिल्लो तथ्यांक अनुसार हालसम्म १५ प्रतिशतभन्दा कम अर्थात एक करोड ४८ लाख २४ हजार चार सय ३० इकाईका लागि मात्रै आवेदन परेको छ ।

११ हजार ६ सय ६० जनाले उक्त इकाईका लागि आवेदन माग गरेका हुन् । योजनाले १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लागि तथा १० लाख इकाइ योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । त्यसबाहेक बाकिँ ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । योजनामा छिटोमा माघ ५ तथा ढिलोमा माघ १६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

केही समय अघि आवेदन खुलाइएको हिमालय ८०-२० म्युचुअल फन्डको दोस्रो बजारमा कारोबारमा आएको केही समयमै १० प्रतिशतले घटेको थियो । नबुझेरै म्युचुअल फन्डमा लगानी गर्ने र प्रतिफल प्राप्त हुन लामो समय लाग्ने बुझेपछि लगानीकर्ताले सस्तै मूल्यमा समेत दोस्रो बजारमा बेचिदिने गरेका छन् ।

सम्बन्धित समाचार