Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

बजेट महत्वाकांक्षी होइन, उत्पादन केन्द्रित र वस्तुपरक छ : अर्थमन्त्री पुन

बजेट महत्वाकांक्षी होइन, उत्पादन केन्द्रित र वस्तुपरक छ : अर्थमन्त्री पुन

अर्थ प्लस
बजेट महत्वाकांक्षी होइन, उत्पादन केन्द्रित र वस्तुपरक छ : अर्थमन्त्री पुन

काठमाडौँ, जेठ  २२ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेट वितरणमुखी नभई उत्पादनमुखी भएको दाबी गरेका छन् ।

मंगलबार राष्ट्रिय सभामा विनियोजन विधेयक माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री पुनले महत्वाकांक्षा नराखी जनताको आवश्यकता पूरा गर्ने गरी बजेट ल्याएको बताए ।

उनले सन्तुलित र विकासलाई प्राथमिकता दिनेगरी बजेट ल्याएको बताएका छन् ।‘पछिल्ला आर्थिक संकुचनले स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर बिना महत्वकांक्षी, जनताका अहिलेका आवश्यकता, निजी क्षेत्रको मनोबल उकास्ने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खोज्न प्रेरित गर्ने ढङ्गले वस्तुवादी बजेट प्रस्तुत गरेको छु’, उनले भने ।

अर्थतन्त्रलाई थप चलायमान बनाउने र निजी क्षेत्रको मनोबल बढाउने बजेटको उद्देश्य रहेको भन्दै उनले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको जिकिर गरे ।उनले भने, ‘विगतका वर्षमा गरिएका आर्थिक सुधारका विषयलाई निरन्तरता दिंदै, रोजगारी सृजना गर्दै अर्थतन्त्रलाई मजबुत बनाउँदै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको छ ।’

उनले आगामी वर्षको बजेटमा ५ प्राथमिकता र ५ उद्देश्य लिएको स्मरण गराए ।ठूला र प्रभावशाली नेता, मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै बजेट नगएको भन्दै अर्थमन्त्री पुनले सबैनिर्वाचन क्षेत्रमा नै पुग्ने गरी व्यवस्था गरिएको बताए ।

‘मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै गयो भन्ने आरोप र टिप्पणी हुनेगर्छ । अहिले त्यस्तो नभएर अहिले १६५ निर्वाचन क्षेत्रमा बजेट पुग्नेगरी व्यवस्था गरिएको छ’, उनले भने ।अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

सम्बन्धित समाचार