Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ

सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ

अर्थ प्लस
सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ

काठमाडौँ, जेठ २८ । तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रिय अनसुन्धान ब्यूरोले श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो ।

सीआइबिल सोहि बैंकका सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, गीता प्रधान, रोशनकुमार निरौला, मनबहादुर राई, राजेशकुमार दली र शिव रिसाललाई नियन्त्रणमा लिएको हो । बैंकले दिएको ऋणमध्ये ९७ करोड ४१ लाख रुपैयाँ धितोले खाम्नेभन्दा बढी भएको अनुसन्धानका लागि सञ्चालक समितिका सदस्य लगायतलाई पक्राउ गरिएको हो ।

२०७७ सालमा बैंकले देउराली सहकारी मार्फत ऋण प्रवाह गरेको थियो। देउराली सहकारीका सञ्चालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र त्यो ऋण डुबेको आरोपमा संलग्न सञ्चालकहरुलाई पक्राउ गरिएको हो ।

यसअघि पनि सीआइबीले कर्जा प्रवाहको विषयमा फागुन १५ गते १० जना बैंक कर्मचारीलाई पक्राउ गरेको थियो। उनीहरु हाजिरी जमानीमा छुटेका थिए ।

 

सम्बन्धित समाचार