Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

असार महिनामा ब्याजदर घटाउने बैंकहरुको तयारी

असार महिनामा ब्याजदर घटाउने बैंकहरुको तयारी

अर्थ प्लस
असार महिनामा ब्याजदर घटाउने बैंकहरुको तयारी

काठमाडौँ, जेठ २८ । आगामी असार महिनामा पनि बैंकहरुले निक्षेपको ब्याजदर घटाउने तयारी गरेका छन्। जेठमा नै बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ७।०६ प्रतिशतमा झरेको छ भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर औसतमा ५।८९ प्रतिशतमा झरेको छ।

अझै पनि बैंकहरुमा अधिक तरलता कायमै छ। केन्द्रीय बैंकले बैंकहरुमा अधिक तरलता भएको भन्दै झण्डै डेढ खर्ब रुपैयाँ बजारबाट खिचेको छ। बैंकहरुको सिडि रेशियो औसतमा ८० प्रतिशतमा झरेको छ। यसले बैंकहरुमा अहिले करिब ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको देखाउँछ।

अहिले बैंकहरुको कर्जा लगानीको तुलनामा निक्षेप संकलन निकै धेरै छ। निक्षेप निरन्तर बढ्दा पनि कर्जा लगानी हुन सकेको छैन्। असार महिनामा बैंकरहरु कर्जा लगानी भन्दा बढी कर्जा असुलीमा केन्द्रित हुन्छन्। जसले गर्दा बैंकहरुको कर्जा लगानी सुस्त हुन्छ भने निक्षेप धेरै बढने छ।

असारमा तरलता थप बढ्ने भएको कारणले पनि अहिले धेरै बैंकरहरु निक्षेपको ब्याजदर थप घटाउने पक्षमा देखिएका छन्। ूकर्जा लगानी बढन् सकेको छैन। निक्षेप मात्रै बढ्दा लगानीयोग्य रकम थुप्रिएको छ,ू एक बैंकरले भने ूब्याजदर न्युन विन्दुमा आइसकेको छ तर पनि अझै केहि घटाउनै पर्ने हो कि जस्तो देखिन्छ।

 

 

सम्बन्धित समाचार