Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको ५.८१ लाख कित्ता शेयर किन्ने मौका

प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको ५.८१ लाख कित्ता शेयर किन्ने मौका

अर्थ प्लस
प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको ५.८१ लाख कित्ता शेयर किन्ने मौका

काठमाडौँ, जेठ  २९ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख ८१ हजार २५१ कित्ता शेयर आज जेठ २९ गतेदेखि लिलामीमा ल्याएको हो ।

यो शेयर जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउनेछन् । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि आवेदन दिँदा घटीमा एक लाख कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुकले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा असार ४ गते अपरान्ह ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

 

सम्बन्धित समाचार