Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
कृषि

यस्तो छ आज तरकारीको तथा फलफुलको भाउ

यस्तो छ आज तरकारीको तथा फलफुलको भाउ

यस्तो छ आज तरकारीको तथा फलफुलको भाउ

काठमाडौ, ४ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २००, कालो अंगुर ३००, केरा १३०, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १८, अदुवा १५०, रातो आलु ३६, रातो भारतिय आलु ३० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३५, कागती १४०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३५, लौका ६०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ५०, राजमा घिउ सिमी ७० र हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग र रायोको साग ४०, चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ९० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज १४० र पुदीना ३२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा र लाम्चो भान्टा ५० र हरियो धनिया १४० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।
 

सम्बन्धित समाचार