काठमाडौँ, जेठ २९ । नेपाल बैंकले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाईडरहरू सहयोग स्वरुप सहयोग गरेको छ ।
नेपाल बैंककोे तर्फबाट कीर्तिपुर शाखा प्रबन्धक नारायण प्रसाद दाहालद्वारा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राडा ध्यानेन्द्र बहादुर राईलाई सडक डिभाईडरहरू हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्राडा राईले सडक दुर्घटना न्यूनीकरणका साथै सडक प्रयोग गर्ने सबैको सुरक्षाको लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा धन्यवाद दिएका थिए । त्यसैगरी, शाखा प्रबन्धक दाहालले बैंक र नेपालको प्रतिष्ठित विश्वविद्यालय बीच युगौंंदेखि रहेको सम्बन्ध र विश्वविद्यालयले शिक्षा क्षेत्रमा खेलेको भूमिकाको सराहना गरे ।
उक्त कार्यक्रममा प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साह र नेपाल बैंक कीर्तिपुर शाखाका कर्मचारी तारा राईलगायतको उपस्थिति थियो ।
