Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

हिमालयन बैंकको ५०.९१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

हिमालयन बैंकको ५०.९१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
हिमालयन बैंकको ५०.९१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ, जेठ ३० । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर बैंकका हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

अन्यथा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै, शेयरको मूल्य बिक्रेताअनुसार फरक भएकोले सोको जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न भनिएको छ ।

 

सम्बन्धित समाचार