Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छूट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छूट

अर्थ प्लस
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छूट

काठमाडौँ, जेठ ३२ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले होटेल आइकावा इनमा विशेष छूट सुविधा पाउने भएका छन् ।

कम्पनीको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटेल आइकावा इनका विभिन्न सेवामा विशेष छ्रूट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा कम्पनीको बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इनका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार कम्पनीको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्म छ्रूट प्राप्त गर्नेछन् । ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी कम्पनीले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका छूट दिने योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । 

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको कम्पनीको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्र रहेको  छ।

सम्बन्धित समाचार