Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

सूर्यज्योति लाइफको शेयर बेचेर बाहिरिँदै एनआईसी एशिया बैंक

सूर्यज्योति लाइफको शेयर बेचेर बाहिरिँदै एनआईसी एशिया बैंक

अर्थ प्लस
सूर्यज्योति लाइफको शेयर बेचेर बाहिरिँदै एनआईसी एशिया बैंक

काठमाडौं, असार ४ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले कम्पनीको तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो । सुर्य ज्योति लाइफमा ठूलो रकम संस्थापक शेयरधनी रहेको बैंकले सो बीमा कम्पनीको गतिविधि शंकास्पद लागेको भन्दै शेयर बिक्री गरेर बाहिरिन लागेको हो । बैंकका अनुसार सुर्यज्योतिको शेयर यसअघि नै बिक्री गर्ने प्रयास गर्दा पनि नसकेपछि पुनः बिक्री गर्न लागिएको हो ।

यो शेयर संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाहरूले किन्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ । यो शेयर खरिदका लागि आवेदन दिँदा घटीमा पाँच हजार र बढीमा उल्लेखित सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

बोलपत्र आज असार ४ गते देखि ११ गते कार्यालय समयसम्म खरिद गर्न सकिनेछ ।

 

सम्बन्धित समाचार