Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

धितोपत्र बजारमा थपियो करिब १५ करोड कित्ता शेयर,सबैभन्दा बढी बोनस

धितोपत्र बजारमा थपियो करिब १५ करोड कित्ता शेयर,सबैभन्दा बढी बोनस

अर्थ प्लस
धितोपत्र बजारमा थपियो करिब १५ करोड कित्ता शेयर,सबैभन्दा बढी बोनस

काठमाडौँ, असार ५ । धितोपत्र दोस्रो बजारमा गत जेठ महिनामा मात्रै १४ करोड ७१ लाख ३९ हजार २८२ कित्ता सूचीकृत भएको छ । जसमा  एक कम्पनीको आईपीओ, हकप्रद शेयर र बोनस शेयर रहेको छ।  

गत जेठ महिनामा सूचीकृत भएका अधिकांश कम्पनीले बोनस शेयर दिएका  थिए  ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार गत जेठ महिनामा रसुवागढी हाइड्रोले स्थानीयका  लागि निष्कासन गरेको आईपीओ सूचीकृत भएको छ । गत जेठ १४ गते उक्त कम्पनीको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ सूचीकृत भएको हो ।

त्यस्तै हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको गत जेठ २ गते ९ लाख ८१ हजार ९० कित्ता संस्थापकतर्फको हकप्रद शेयर र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि गत जेठ ७ गते १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर  सूचीकृत भएको छ।

यसैगरी,एनआईबिएल स्टेबल फण्डको ११ करोड ३० लाख इकाई जेठ ११ गते सूचीकृत भएको छ । यसका साथै एनएलजी इन्स्योरेन्स, समता घरेलु लघुवित्त, डिप्रोक्स लघुवित्त, माउन्टेन ईनर्जी,युनाइटेड इदी–मार्दी, कालिका पावर, स्वरोजगार लघुवित्त, नेपाल हाईड्रो डेभलोपर र साल्ट ट्रेडिङ कर्पोरेशन को बोनस शेयर पनि दोस्रो बजारमा सूचीकृत भएको छ ।

उक्त अवधिमा एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार६०१.६९ कित्ता बोनस शेयर,समता घरेलु लघुवित्त वित्तीय संस्थाको २ लाख १३ हजार७२०.७१,डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार८८.१६ किता बोनस शेयर, माउन्टेन ईनर्जीको २९ लाख ५२ हजार ४० कि.५ किता बोनस शेयर सूचीकृत भएको छ ।

त्यसैगरी, युनाइटेड इदी–मार्दी,को २ लाख ३१ हजार कित्ता बोनस शेयर,कालिका पावरको ७ लाख ९३ हजार५०० कित्ता बोनस शेयर, स्वरोजगार लघुवित्तको ४लाख ३९ हजार ४०.६५ कित्ता बोनस शेयर, नेपाल हाईड्रो डेभलोपरको २ लाख ३५ हजार १४८.५५ कित्ता बोनस शेयर र साल्ट ट्रेडिङ कर्पोरेशनको ४ लाख १८ हजार३२६.४६ कित्ता बोनस शेयर पनि सूचीकृत भएको  छ।

 दोस्रो बजारमा सूचीकृतपश्चात सम्बन्धित कम्पनीहरूले शेयरधनीहरूको हितग्राही खातामा यी धितोपत्र पठाइसकेका छन् ।  

 

सम्बन्धित समाचार