Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

कुमारी बैंकको १३.८७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको १३.८७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
कुमारी बैंकको १३.८७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, असार ६ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर हाल कुमारी बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

उक्त समयभित्र संस्थापकहरूले शेयर नकिनेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।

 

सम्बन्धित समाचार