Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

महँगो शेयर मूल्य भएका यी कम्पनीले दिन सकेन यो बर्ष लगानीकर्तालाई लाभांश

महँगो शेयर मूल्य भएका यी कम्पनीले दिन सकेन यो बर्ष लगानीकर्तालाई लाभांश

अर्थ प्लस
महँगो शेयर मूल्य भएका यी कम्पनीले दिन सकेन यो बर्ष लगानीकर्तालाई लाभांश

काठमाडौँ , असार ७ । नेप्सेमा सूचीकृत १३ समूहमध्ये चार समूहका महँगो शेयर मूल्य भएका कम्पनीहरूले हालसम्म कुनै पनि लाभांश दिन सकेको छैन ।

मँहगो शेयर मूल्य रहेको जलविद्युत् समूहको कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी, होटल तथा पर्यटन समूहको कालिञ्चोक दर्शन लिमिटेड, अन्य समूहको मुक्तिनाथ कृषि कम्पनी र विकास बैंक समूहको नारायणी डेभलपमेन्ट बैंकले शेयरधनीलाई लाभांश नदिएका हुन् । .

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। १ हजार ५४५ रहेको छ । नेप्सेमा यो कम्पनीको समूहमा ९१ कम्पनीले कारोबार गर्दै आइरहेका छन् ।

त्यस्तै कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य प्रतिकित्ता रू। १ हजार १७०, मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य रू। १ हजार १३५ र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता रू। ५५० रहेको छ । नारायणी डेभलपमेन्ट बैंकबाहेक अरु कम्पनीको धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको एक वर्ष भएको छ ।

 

सम्बन्धित समाचार