Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

टेस्लाले उल्ट्यायो आफ्नै निर्णय, १४%कर्मचारी कामबाट निकालिए

टेस्लाले उल्ट्यायो आफ्नै निर्णय, १४%कर्मचारी कामबाट निकालिए

अर्थ प्लस
टेस्लाले उल्ट्यायो आफ्नै निर्णय, १४%कर्मचारी कामबाट निकालिए

काठमाडौं, असार १० । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले १४ प्रतिशत कर्मचारीलाई निष्कासन गरेको खुलासा भएको छ । 

ककम्पनीले सन् २०२३ को शुरुवाती समयदेखि नै अस्थायी कर्मचारीसमेत कटौती गरिरहेको थियो । यो वर्षको अहिलेसम्मको अवधिमा जागिरबाट निकालिएका कर्मचारीको संख्या १४ प्रतिशतमाथि पुगेको भन्दै सीएनबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।यसअघि भने अर्बपति व्यापारी तथा सीईओ एलन मस्कको कम्पनी टेस्लाले १० प्रतिशत कर्मचारी मात्र कटौती गर्ने बताएको थियो ।

बिक्रीमा निकै कमी आएको र विश्वका अरू कम्पनीसँग मूल्यको प्रतिस्पर्धाका कारण टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्न लागेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको थियो तर सीएनबीसीले भने हालसम्मको अवधिमा कम्पनीबाट १४ प्रतिशतभन्दा बढी कर्मचारी निकालिसकिएको रिपोर्ट आफूले हेरेको डकुमेन्टबाट पाएको भन्दै समाचार छापेको छ ।

कर्मचारी कटौतीको निर्णय र अस्थिरताका कारण टेस्लाका वरिष्ठ उपाध्यक्ष ड्रु बाग्लिनो, सार्वजनिक नीति तथा व्यवसाय विकासका उपाध्यक्ष रोहन पटेलले राजीनामा यसअघि नै राजीनामा दिइसकेका छन् ।

बजार मूल्यअनुसार विश्वको सबैभन्दा ठूलो विद्युतीय गाडी निर्माता कम्पनी टेस्लामा गएको डिसेम्बरसम्म विश्वभर १ लाख २१ हजार कर्मचारी कार्यरत छन् । कर्मचारी कटौटी घोषणा अघि कर्मचारीको संख्या १लाख ४० हजार ४७३ भन्दा बढी थियो । सीईओ एलन मस्कले गत अप्रिलमा टेस्लाले आफ्नो विश्वव्यापी कार्यबलको १० प्रतिशतभन्दा बढी कर्मचारी कटौती गर्ने बताएका थिए।

गत जुन १७ मा मस्कले कम्पनीमा कार्यरत सबै जना कर्मचारीलाई एउटा इमेल पठाएका थिए । आगामी केही दिनमा कम्पनीले अभूतपूर्व  प्रदर्शन गर्ने कर्मचारीलाई स्टक अप्सन (बेच्न मिल्ने शेयर) दिने  पनि उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार