Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर भएको छः पूर्वअर्थमन्त्री महत

आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर भएको छः पूर्वअर्थमन्त्री महत

अर्थ प्लस
आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर भएको छः पूर्वअर्थमन्त्री महत

काठमाडौं, असार ११ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विद्येयकको आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर भएको बताएका छन् । आज बसेको प्रतिनिधि सभा बैंठकमा बोल्दै पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

‘आर्थिक विद्येयकको आयकर ऐनको कुरा गर्दा आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर गरिएको छ । यसमा मेरो गम्भीर ध्यान गएको छ । यस विषयलाई मैले उठाउँदै आएको छु’ उनले भने, ‘यो व्यवस्थाले के गर्यो भन्दा शेयर खरिदबिक्री नगरी पूँजी बढाएरै कम्पनीको स्वामित्व परिवर्तन गर्नसक्ने व्यवस्था यस ऐनले गर्यो । यद्यपि यो प्रविधिसङ रिलेटेड भनेर बजेट वक्तव्यमा आयो । तर, आर्थिक विधेयकमा त्यो उल्लेख छैन ।’

‘एनसेलको विषयलाई राष्ट्रिय बहसको विषय बनायौँ । त्यसलाई उदाहरण दिने हो भने, एनसेल होस या अन्य विभिन्न कम्पनीहरू हुन । अब किनबेच नै गर्नुपर्ने भयो । तपाइले चुक्ता पुँजीका सेयर होल्डरको स्वामित्व कायम गरेर बाकि सेयर किनेर किनबेच गर्दा कुनै कर नलाग्ने भयो’ उनले भने ।

उनले भने, ‘एनसेलसँग टेली सोनिरीया एक्जीयटासँग १४४ अर्बमा किनबेच गर्दा पुँजिगत कर, ब्याज र जरिवानासहति गर्दा ४५ अर्ब हामीले प्राप्त गरेका थियौं । अब यो किनमेलको झमेलै नपर्ने भयो । १० करोडको चुक्ता पूँजी कायम गरिदिनुस् बाँकी जति किनबेच गर्नुहुन्छ । त्यसमा मेज्युरेटी शेयर होल्डर यसै हुने भयो ।’

सम्बन्धित समाचार