Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

पौने दुई अर्ब विद्युत बक्यौता भएको रिलायन्स स्पीनिङको आईपीओलाई अनुमतिपौने दुई अर्ब विद्युत बक्यौता भएको रिलायन्स स्पीनिङको आईपीओलाई अनुमति

पौने दुई अर्ब विद्युत बक्यौता भएको रिलायन्स स्पीनिङको आईपीओलाई अनुमतिपौने दुई अर्ब विद्युत बक्यौता भएको रिलायन्स स्पीनिङको आईपीओलाई अनुमति

अर्थ प्लस
पौने दुई अर्ब विद्युत बक्यौता भएको रिलायन्स स्पीनिङको आईपीओलाई अनुमतिपौने दुई अर्ब विद्युत बक्यौता भएको रिलायन्स स्पीनिङको आईपीओलाई अनुमति

काठमाडौं, असार १२ । अर्थमन्त्रालयबाट कामु अध्यक्ष बन्न गरेका सह–नरेन्द्र रानामगरले नेपाल धितोपत्र बोर्डमा पुनः घुस सेटिङ सुरु गरेका छन् । यसअघि रमेश हमालले काण्ड मच्चाए झै कामु अध्यक्षले पनि पौने दुई अर्ब बक्यौता भएको रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओलाई अनुमति दिने निर्णय गरेको हो ।
आजै बसेको बैठकबाट कामु अध्यक्ष रानाले घुस सेटिङको रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओलाई अनुमति दिइएको हो । यद्यपि सेबोनको वेभसाईटमा भने राखिएको छैन ।

नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइन प्रयोग गरी एक अर्ब ७५ करोड भन्दा बढि विद्युत महसुल बक्यौता रहेको थियो । सो बक्यौता असुल उपर नगरी आईपिओ निष्काशन नगर्न नेपाल विद्युत प्राधिकरणले गरेको आग्रहलाई अर्थबाट खटाइएका सह सचिव नरेन्द्र राना मगरले अस्वीकार गर्दै माफियासँगको सेटिङमा विवादित आईपिओ पास गरिदिएका छन् ।

कम्पनीले सर्वसाधारणका लागि ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आइपीओ निष्काशन गर्ने अनुमति दिएको हो । प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसा दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँ बराबरको शेयर स्वीकृत भएका हुन् ।

जसमा प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्ने भएको छ । रिलायन्सले यस अघि नै संस्थागत लगानीकर्तालाई शेयर बाडँफाँट गरिसकेको छ । गत माघमा निष्कासन गरिएको शेयरको कट अफ प्राइस ९ सय १२ रुपैयाँ आएको थियो । त्यस बेला कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ताको लागि आवेदन माग गरेकोमा ११ लाख भन्दा बढीको शेयर माग हुन आएको थियो ।

रिलायन्स स्पीनिङ मिल्स पवन गोल्यानको कम्पनी हो ।

 

सम्बन्धित समाचार