Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

प्रतिकित्ता ५०० रुपैयाँमा ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

प्रतिकित्ता ५०० रुपैयाँमा ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
प्रतिकित्ता ५०० रुपैयाँमा ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं, असार १३ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता ५०० रुपैयाँमा उक्त शेयर बिक्रीमा राखेको हो ।

यो शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद आवेदन दिन पाउनेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कास्कीको पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर कित्ताको संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार