काठमाडौं, असार १३ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजार घटेको छ । यो दिन बजार ८.२४अंकले घटेर २ हजार ५१.९२ विन्दुमा बन्द भएको छ ।
अघिल्लो कारोबार दिन बुधबार पनि बजार ११.६० अंकले घटेर २ हजार ६०।१६ विन्दुमा बन्द भएको थियो ।उक्त दिनयो दिन ८७ लाख२७ हजार १६४ पटकको कारोबारमा ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक १.५६ अंकले घटेर३६१.१८ विन्दु कायम भएको छ ।
यो दिन कारोबार भएका ३३३ वटा कम्पनीमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।त्यस्तै ११ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । यो दिन ८९ लाख १ हजार १९५ पटकको कारोबारमा ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो दिन महालक्ष्मी विकास बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक लगायतका बैंकहरुको ऋणपत्रको मूल्य उच्च दरमा बढेको छ।
धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु ऋणपत्रतर्फ आकर्षित भएको देखिएको छ। यस दिन १० शिर्ष धितोपत्रको कारोमार नौ ओटा त ऋणपत्र मात्र छन्। ऋणपत्र जारी गरेका बैंक तथा वित्तीय संस्थाहरुले हरेक पुस मसान्त र असार मसान्तमा ब्याज दिने गर्दछन्। यसले गर्दा पनि लगानीकर्ताहरु अहिले ऋणपत्रतर्फ आकर्षित भएका हुन्।
यो दिन पनि शिर्ष कारोबार नेपाल फाइनान्सको छ । उक्त कम्पनीको २२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४१ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।
त्यस्तै यूनाइटेड ईदीमर्दी हाइड्रोपावरको १२ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।त्यस्तै,पोखरा फाइनान्सको ८ करोड ७८ लाख बराबरको कारोबार भएको छ।त्यस्तै जानकी फाइनान्सको ७ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो दिन सबैभन्दा बढी अर्थात् त्रिशूली जलविद्युतको शेयरमूल्य ७.०९ प्रतिशतले बढेको छ ।त्यस्तै ११ प्रतिशत महालक्ष्मी डिवेञ्चरको इकाई मूल्य ६.०२ प्रतिशतले बढेको छ । यसैगरी, १०.३५ प्रतिशत ब्याजदर भएको कृषि विकास बैंकको इकाईमूल्य ५.७७ प्रतिशतले बढेको छ।
यस्तै यो दिन नेपाल फाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यसैगरी,शिवश्री हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.८१ प्रतिशतले घटेको छ ।त्यस्तै साधना लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.८१ प्रतिशतले घटेको छ ।
नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये यो दिन तीन वटा उपसमूहको परिसूचक बढेको छ । त्यसैगरी, १० वटा उपसमूहको परिसूचक भने घटेको छ। यस दिन अन्य,वित्त, म्युचुअल फण्ड र विकास बैंक उपसमूहको परिसूचक सामान्य बढेको छ। त्यस्तै वित्त उपसमूहको परिसूचक यो दिन पनि सर्वाधिक २.२३ प्रतिशत घटेको छ।
