Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

हिमालयन रि र नेपाल फाइनान्सको सर्वाधिक कारोबार

हिमालयन रि र नेपाल फाइनान्सको सर्वाधिक कारोबार

अर्थ प्लस
हिमालयन रि र नेपाल फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं, असार १३ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार समान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ को विन्दुमा कायम भएको छ ।

बिहीबार पनि नेपाल फाइनान्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज ९२९ रुपैयाँका दरले २२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । साथै, हिमालयन रि इन्स्योरेन्सको २१ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज युनाइटेड आइडीआई आरबि हाइड्रोपावरको १२ करोड रुपैयाँ, पोखरा फाइनान्सको आठ करोड ७८ लाख रुपैयाँ, जानकी फाइनान्सको सात ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार