काठमाडौं, असार १४ । प्राथमिक पुँजीकोषको अत्याधिक दबाबमा रहेका प्रमुख वाणिज्य बैंकहरूलाई पुँजी पु¥याउन राष्ट्र बैंकले अग्राधिकार शेयर जारी गर्न दिने भएको छ।
वाणिज्य बैंकहरुलाई अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो। अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्कासन गर्न पाइने छैन। अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्न सुनिश्चित हुने गरी जारी गर्नुपर्नेसमेत व्यवस्था गरिएको छ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नु पर्नेछ। साथै यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्नेसमेत व्यवस्था गरेको छ। अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी निष्कासन गर्नुपर्नेछ।
साथै अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्नेसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा निहित हुनेछ र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थालेविवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ।
साथै यस्तो सेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ। अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ। यसका लागि सञ्चित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन।
मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले विभिन्न उपकरणहरूमार्फत बैंकहरूको प्राथमिक पुँजीकोष सहज बनाएर कर्जा प्रवाह बढाउने नीति लिएको थियो। सोही नीतिअनुसार राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्न दिने गरी एकीकृत निर्देशन जारी गरेको हो।
राष्ट्र बैंकले तोकेका १२ सर्त
– पर्पेच्युअल नन्–क्युमुलेटिभ अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्कासन गर्न नपाइने भएको हो ।
– उक्त सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्ने ।
– उक्त सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्था स्वयंले निष्कासन गर्नुपर्नेछ । यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्ने ।
– उक्त सेयर कुनै पनि सुरक्षण नराखी निष्कासन गर्नुपर्ने ।
–अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित बैंक तथा वित्तीय संस्थामा निहित हुने । लाभांशसम्बन्धी व्यवस्था इजाजतपत्र प्राप्त संस्थाले विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ । साथै, यस्तो सेयरमा प्रदान गर्ने लाभांश दरसमेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ ।
–अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँट हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ । यसका लागि सञ्चित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन ।
(अग्राधिकार सेयरमार्फत नोक्सानी प्रशोचन गर्ने सम्बन्धमा
क अग्राधिकार सेयर जारी गरेका संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ । यसरी परिणत गर्नुपूर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ ।
ख यस व्यवस्थाका लागि साधारण सेयर प्राथमिक पूँजी कुल जोखिम भारित सम्पत्तिको ५।१२५ प्रतिशतभन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिने छ ।
ग अबिमोच्य असञ्चिति अग्राधिकार सेयरलाई ट्रिगर बिन्दु मानी साधारण सेयरमा परिणत गर्दा संस्थापक समूहको साधारण सेयरमा परिणत गर्नुपर्ने । यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधिरसूत्र विवरणपत्रमा उल्लेख गर्नुपर्नेछ ।
– बैंक तथा वित्तीय संस्थाले अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दा यस प्रकारको सेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दु पश्चात हुन सक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाई ‘रिस्क डिस्क्लोजर स्टेटमेन्ट’ सार्वजनिक गर्नुपर्ने ।
– अबिमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्ने लगानीकर्ताबाट ‘रिस्क डिस्क्लोजर स्टेटमेन्ट’ लगानीकर्ताहरूले प्राप्त गरेको, विवरणपत्रमा उल्लेखित सम्पूर्ण व्यवस्था तथा सर्त पढेको र बुझेको तथा लगानीकर्ता अबिमोच्य असञ्चिति अग्राधिकार सेयरमा निहित रहेको जोखिमका बारेमा पूर्ण जानकार रहेको हुनुपर्ने सर्त तोकेको छ ।
– संस्था खारेजी भएको अवस्थामा अबिमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि तर पूरक पूँजीमा समावेश भएका नियामकीय पूँजी उपकरणहरू, निक्षेपकर्ता एवम् अन्य साधारण साहुभन्दा पछि मात्र हुनेछ ।
– राष्ट्र बैंकले अबिमोच्य असञ्चिति अग्राधिकार सेयर स्वीकृति दिँदा आवश्यकताअनुसार अन्य थप सर्तहरू तोक्न सक्नेछ ।
