Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

निरन्तर घट्दो क्रममा अपर तामाकोशीको शेयर, कट अफ प्राइस नजिक मूल्य

निरन्तर घट्दो क्रममा अपर तामाकोशीको शेयर, कट अफ प्राइस नजिक मूल्य

अर्थ प्लस
निरन्तर घट्दो क्रममा अपर तामाकोशीको शेयर, कट अफ प्राइस नजिक मूल्य

काठमाडौं, असार १६ । अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्य निरन्तर ओरालो लागि रहेको छ । पछिल्लो समय कम्पनीको शेयर निरन्तर घट्दा मूल्य कट अफ प्राइस पुग्न थालेको हो ।

आज कम्पनीको शेयर मूल्य १५३.१० रुपैयाँमा सीमित भएको छ । अपर तामाकोशीको लिलामीको कट अफ प्राइस १४७ रुपैयाँ आएको थियो । अब कट अफ प्राइसमा शेयर मूल्य पुग्न ६.१० रुपैयाँ बाँकी रहेको छ ।

कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएपछि आपूर्ति बढी भएकाले शेयरको मूल्य ओरालो लागि रहेको आंकलन जानकारहरुका छन् । अहिलेको अवस्थामा शेयर मूल्य घट्ने हो भने कट अप प्राइसमा पुग्ने पक्का पक्की जस्तै छ ।

कम्पनीले पुस १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको थियो । कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको थियो ।

सम्बन्धित समाचार