Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

कृषि विकास बैंकद्वारा राधाकृष्ण मन्दिरलाई एक लाख रुपैयाँको फर्निचर हस्तान्तरण

कृषि विकास बैंकद्वारा राधाकृष्ण मन्दिरलाई एक लाख रुपैयाँको फर्निचर हस्तान्तरण

अर्थ प्लस
कृषि विकास बैंकद्वारा राधाकृष्ण मन्दिरलाई एक लाख रुपैयाँको फर्निचर हस्तान्तरण

काठमाडौँ, असार २३ । कृषि विकास बैंक लिमिटेडले श्री राधाकृष्ण मन्दिर नागार्जुन –१, काठमाण्डौंलाई १ लाख बराबर रुपैयाँको दराज, कुर्चि, टेवल लगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको छ । बैंकले सो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको हो ।

फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष नरहरी घिमिरेले गरेका थिए, भने प्रमुख अथितिको रुपमा कृषि विकास बैंकका उप–महाप्रबन्धक डा. बाबुकाजी थापा रहेका थिए ।

प्रमुख अथिति डा.थापाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको यो सहयोग समाज र बैंकलाई जोड्ने पुल भएको र यसले विविध अनेकतालाई एकताको प्रतिक रुपमा स्थापित गर्ने रं मन्दिर परिसरमा उपस्थित हुने बृद्ध आमा बुबा लगायत भक्तालुजनहरुलाई साहयता पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष नरहरी घिमिरेले कृषि विकास बैंकको सहयोगको सराहना गर्दै खुशीका साथ बैंकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोग अपेक्षा व्यक्त गरे । कार्यक्रममा कृषि विकास बैंकको तर्फबाट वरिष्ठ शाखा प्रमुखद्धय धु्रव पौडेल र प्रकाश अर्याल, शाखा प्रमुख दिपक थापा, मन्दिर संरक्षण समितिका पदाधिकारीहरु लगायत श्रदालु भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार