Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

लक्ष्मी सनराइज बैंकको झण्डै ८३ लाख कित्ता शेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकको झण्डै ८३ लाख कित्ता शेयर बिक्रीमा

अर्थ प्लस
लक्ष्मी सनराइज बैंकको झण्डै ८३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौँ, असार २५ । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सो संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजात संलग्न गरी खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको हात्तिसारस्थित बैंकको मुख्य कार्यालयमा लिखित निवेदन दिनु पर्नेछ ।

साथै तोकिएको समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट उक्त शेयर खरीद गर्न कुनै लिखित निवेदन पेश हुन नआएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार