Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

प्रतिकित्ता ५०० रुपैयाँमा एनसीएचएलको शेयर किन्ने आज अन्तिम दिन

प्रतिकित्ता ५०० रुपैयाँमा एनसीएचएलको शेयर किन्ने आज अन्तिम दिन

अर्थ प्लस
प्रतिकित्ता ५०० रुपैयाँमा एनसीएचएलको शेयर किन्ने आज अन्तिम दिन

काठमाडौँ, असार २५ । मितेरी डेभलपमेन्ट बैंकले शुक्रबारदेखि बिक्रीमा ल्याएको आफ्नो स्वामित्वको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को संस्थापक शेयर किन्ने आज असार २५ गते अन्तिम दिन रहेको छ ।

बैंकले प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमै ३१ हजार ६०० कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी (नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गको इजाजतपत्रप्राप्त) ले खरीदका लागि आवेदन दिन पाउने गरी उक्त शेयर लिलाम बिक्रीमा ल्याएको हो ।

खरीदकर्ताले शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्दै आवेदन दिन पाउनेछन् । यस शेयर खरीद गर्न इच्छुकले आज काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

सम्बन्धित समाचार