Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

दोहोरो अकंले बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार हुँदा परिसूचक २१५२ बिन्दुमा

दोहोरो अकंले बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार हुँदा परिसूचक २१५२ बिन्दुमा

अर्थ प्लस
दोहोरो अकंले बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार हुँदा परिसूचक २१५२ बिन्दुमा

काठमाडौँ, असार २५ । हिजो सामान्य करेक्सन देखिएको शेयर बजारमा आज भने बढेको छ । लगानीकर्ताको मनोबल दरिलो बन्दै जाँदा शेयर बजारले पनि सकारात्मक गति लिदै आइरहेको छ । नयाँ सत्ता समीकरणले शेयर बजारका लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो ।

अर्थतन्त्र सुधार तिर लम्कि रहेको, ब्याजदर ओरालो लागि रहेको र नयाँ सत्ता समीकरण नियामकसँग समन्यव बढ्ने आशले शेयर बजारका लगानीकर्ता मख्ख छन् । गर्भनर महाप्रसाद अधिकारीले समेत मौद्रिक नीति लचिलो आउँने संकेत बेला बेला गर्दै आइरहेका छन् । सोहि कारण पनि पुँजी बजारका लगानीकर्ता खुसी छन् । नियामक र सरकारबीच समन्वय बढ्ने आश लगानीकर्तामा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१५३.१४ अकंले बढेर २१५२.१४ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन आठ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.५३ प्रतिशत, विकास बैंक समूहको २.४९ प्रतिशत, हाइड्रोपावर समूहको ०.५३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३६ प्रतिशत र जीवन बीमा समूहको ०.२६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

share-44444.jpg

सम्बन्धित समाचार