Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

साताको शेयर बजार कस्तो रह्यो ?

साताको शेयर बजार कस्तो रह्यो ?

अर्थ प्लस
साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौँ, असार २९ । यस साता नेप्से परिसूचक ४ प्रतिशत वृद्धि भएको छ। गत साता २११९.७० विन्दुमा बन्द भएको नेप्से परिसूचक, यस साता ८४.९१ अंक बढेर २२०४.६१ विन्दुमा पुगेर बन्द भएको कारण लगानीकर्ताहरु उत्साहित छन्।यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य घटेको थियो।

यो साता सेन्सेटिभ इण्डेक्स ४.५३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ४.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७० अंक बढेको छ।नेप्सेसँगै यस साता नेप्सेसँगै दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ५५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ५ अर्ब ७९ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २७.१८ प्रतिशत अर्थात १ अर्ब २३ करोड बढी हो।

त्यसैगरी, यस साता दैनिक औषत कारोबार संख्या २१.९७ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या ६.५३ प्रतिशत बढेको छ।यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३३ खर्ब ६२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ३४ अर्ब रुपैयाँ बढेर ३४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६.६० प्रतिशत बढेको छ। गत साता ४५४७.२३ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ३००.०१ अंक बढेर ४८४७.२४ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५१६.८४ अंक बढेको छ।

यस साता व्यापार र वित्त उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६५ प्रतिशत घटेको छ। अंकका आधारमा पनि सोही उपसमूहको परिसूचक सर्वाधिक ११३.७० अंक घटेको छ।
कारोबारमा आएको गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २१.०७ प्रतिशत बढेको छ। त्यस्तै, यस साता माण्डु हाइड्रोपावरको शेयरमूल्य करिब १८ प्रतिशत बढेको छ भने बलेफी हाइड्रोपावरको शेयरमूल्य १७ प्रतिशतभन्दा बढी बढेको छ। यस साता मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक २०.१४ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर १० प्रतिशतभन्दा कम रहेको छ।
यो साता सपोर्ट माइक्रोफाइनान्स, तारागाउँ रिजेन्सी होटल, नेशनल लाइफ इन्स्योरेन्स लगायतका स्टक मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने बोटलर्स नेपाल (तराई) भगवती हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर लगायतका स्टक मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

 

सम्बन्धित समाचार