Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

शेयर बजारमा रौनकः परिसूचक निरन्तर उचाइमा पुग्दा कारोबार ६ महिनाकै उच्च, नयाँ रेकर्ड राख्ला ?

शेयर बजारमा रौनकः परिसूचक निरन्तर उचाइमा पुग्दा कारोबार ६ महिनाकै उच्च, नयाँ रेकर्ड राख्ला ?

अर्थ प्लस
शेयर बजारमा रौनकः परिसूचक निरन्तर उचाइमा पुग्दा कारोबार ६ महिनाकै उच्च, नयाँ रेकर्ड राख्ला ?

काठमाडौँ, असार ३० । शेयर बजारमा रौनक कायमै रहेको छ । नयाँ सत्ता समीकरणपछि अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आउने कुराले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो । मौद्रिक नीति लचिलो आउने संकेत, ब्याजदर निरन्तर ओरालो लाग्नु र अर्थतन्त्र सकारात्मक बन्दै जाँदा शेयर बजारका लगानीकर्ता मख्ख छन् ।

परिसूचक समेत निरन्तर उचाई पुगेको छ । परिसूचकले मारेको फड्को शेयर बजार नयाँ उचाईमा पुग्ने निश्चित छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.९६ अकंले बढेर २२५७.५७ बिन्दुमा कायम भएको छ ।

यसदिन कारोबार समेत ६ महिना यताकै उच्च बन्न पुगेको छ । आइतबार ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । उक्त कारोबार २०८० माघ ७ गते आइतबारदेखि कै उच्च हो । माघ ७ गते कारोबार ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ पुगेको थियो । कारोबार आज सो यताकै बढी हो ।

आज ११ उपसूचकमा हरियाली आएको छ । आइतबार बैंकिङ समूहको ३.७४ प्रतिशत, विकास बैंक समूहको १.२० प्रतिशत, फाइनान्स समूहको १.३३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

45.jpg

यसदिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित समाचार