काठमाडौँ, असार ३० । सिटिजन्स बैंक इन्टरनेशनलले ४ हजार ४४०.८७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले नकिनेपछि अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी, काठमाडौंमा आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि गत जेठ २४ गते ३५ दिने सूचना जारी गरेको थियो ।
