Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

राष्ट्रिय वाणिज्य बैंकको एकैपटक ६ स्थानमा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकको एकैपटक ६ स्थानमा शाखा विस्तार

अर्थ प्लस
राष्ट्रिय वाणिज्य बैंकको एकैपटक ६ स्थानमा शाखा विस्तार

काठमाडौँ, असार ३१ । राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न ६ स्थानमा आईतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुरु गरेको छ ।

सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाट, वडा नः ४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नः १, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नः ५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम र बर्दियाको बढैयाताल गाउँपालिका वडा नः ६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुरु गरेको हो ।

यी कार्यालयहरु सञ्चालनमा आएपछि बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ ।

सम्बन्धित समाचार