Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

तीन वटाको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

तीन वटाको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

अर्थ प्लस
तीन वटाको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौँ, असार ३१ । चालु आर्थिक वर्षको अन्तिम दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाली पूँजी बजारमा सर्वाधिक रुचाइएका बिष्णु पौडेलले अर्थमन्त्रीको रुपमा पदभार ग्रहण गरेकै दिन शेयर बजार झन् घट्न पुगेको हो ।

सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै चालु आर्थिक वर्षको अन्तिम दिनमा अधिकांश कम्पनीहरुको शेयरमूल्य घट्न पुगेको छ ।

सोमबार कारोबार भएका कम्पनीहरुमध्ये १८४ वटा कम्पनीको शेयरमूल्य राताम्मे हुदाँ ५६ वटाको मात्र मूल्य वृद्धि भएको छ । आज सिभिल बैंक डिभेन्चर, माण्डु हाइड्रोपावर र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै, आज ३२२ वटा कम्पनीहरुको शेयरमूल्य खरिद–बिक्री हुदाँ आठ अर्ब ७३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अप्पर तामाकोशी हाइड्रोपावरको ३७ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

ठुला लगानीकर्ताहरुले अर्थमन्त्री पौडेलको नाम बेचेर शेयरमूल्य वृद्धि गर्दै बिक्री गरेको पाइएको छ । साना लगानीकर्ताहरुले नयाँ अर्थमन्त्री पौडेल बनेपछि झन शेयरमूल्य बढ्छ भन्ने आशमा शेयर खरिद गरेपश्चता उनीहरु संकटमा परेका हुन् ।

 

सम्बन्धित समाचार