Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

अर्थ प्लस
सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौँ, साउन २ । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत  १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।कम्पनीले आफ्नो खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । 

कम्पनीको तर्फबाट हेटौंडा शाखाका प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्त रुपमा उक्त रकम बराबरको बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

दुर्घटनाका कारण मृत्यु भएका कार्कीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए ।

कम्पनीले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, १० हजार रुपैयाँसम्मको ओपीडी भुक्तानी शुल्कसहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य सेवाहरु प्रदान गर्दै आइरहेको बताएको छ ।

कम्पनीको  देशका सात वटै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा छन् ।

सम्बन्धित समाचार