Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

शेयर बजारका लागि उत्साहित साताः अर्थमन्त्री पौडेलको आगमनले रिकभर भयो घाटा, नयाँ रेकर्ड तिर लम्किदै परिसूचक

शेयर बजारका लागि उत्साहित साताः अर्थमन्त्री पौडेलको आगमनले रिकभर भयो घाटा, नयाँ रेकर्ड तिर लम्किदै परिसूचक

अर्थ प्लस
शेयर बजारका लागि उत्साहित साताः अर्थमन्त्री पौडेलको आगमनले रिकभर भयो घाटा, नयाँ रेकर्ड तिर लम्किदै परिसूचक

काठमाडौँ, साउन ५ । शेयर बजारमा रौनक देखि रहेको छ । नयाँ सत्ता समीकरणपछि संसदका ठुला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेसँगै शेयर बजारका लगानीकर्ता उत्साहित भएका हुन् । अब राजनीतिक स्थिरता र पुँजी बजारले सकारात्मक दिसा तिर लम्किने आम लगानीकर्ताको विश्वास रहेको छ ।

अब भने लगानीकर्ताले पुँजी बजारलाई बल पुग्ने काम नियामकबाट हुने आश गरेका छन् । जब जब विष्णु पौडल अर्थमन्त्री बन्ने अवस्था सिर्जना हुन्छ तब तब शेयर बजारमा एकाएक उछाल आउँछ । नयाँ सत्ता गठबन्धनबाट विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएका छन् । लगानीकर्तालाई उनलाई शेयर बजारको हितमा सोच्ने मन्त्री रुपमा चिन्छन् । उनले आफनो कार्यकालमा दुईपटक ब्रोकर कमिशन घटाएका थिए । सन् २०१५ मा उनी अर्थमन्त्री हुँदा सेयरबजार ९ सयमा चलेको थियो । उनको एक बर्षकै कार्यकालमा बजार डबल बढेर १८८१ को उच्च विन्दु चुमेको थियो । दोश्रोपटक अर्थमन्त्रालय सम्हाल्दा १३०० आसपासमा रहेको थियो । कोभिडको समयमा अर्थमन्त्री बन्न विष्णु आइपुगेका थिए । उनले दोश्रोपटक अर्थमन्त्रालयमा प्रवेश गरेपछि बजारमा उछाल आएको थियो । त्यसपछि बजारले पुनः नयाँ उचाई चुमेको थियो ।

अहिले पुनः पौडेल अर्थमन्त्रालयको जिम्मेवारीमा आइपुगेका छन् । असार ३१ गते पदभार ग्रहण गरेका पौडेल माथि लगानीकर्ताको आश ठुलो रहेको छ । आज उनले पदभार ग्रहण गर्दै शेयर बजार अर्थतन्त्रको ऐनाको रुपमा हेरिने बताएका छन् । नियामकको सक्रियताले अब शेयर बजारका लगानीकर्ताको मनोबल समेत उच्च बन्न पुगेको छ । अर्थमन्त्री पौडेल आउने हल्लाकाबीच शेयर बजारले पछिल्लो एक वर्षको परिसूचक रेकर्ड तोडेको हो । यता कारोबार रकम समेत निकै उच्च बन्न गइरहेको छ ।

यता, गर्भनर अधिकारी समेत एमाले निकट ब्यक्तिको रुपमा चिनिन्छन् । जसले गर्दा अर्थमन्त्रालय र राष्ट्र बैंकको तालमेल मिल्ने आश राखिएको छ । गर्भनर अधिकारीले समेत बेला बेला सार्वजनिक कार्यक्रममा नै मौद्रिक नीति लचिलो आउने बताउँदै आइरहेका छन् । एमाले कै सरकार आएपछि सरकार सफल बनाउनको लागि भएपनि मौद्रिक नीति लचिलो आउने आम लगानीकर्ताको विश्वास रहेको छ । अर्थतन्त्र समेत लयमा आइरहेको र बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हुँदा शेयर बजारको यात्रा अब बुल हुने आश आम लगानीकर्ताले राखेका छन् ।

एमालेकै प्रधानमन्त्री, एमालेकै अर्थमन्त्री र एमाले निकट नै गर्भनर भएपछि पुँजी बजारका लागि सकारात्मक कदम चालिनेमा आम लगानीकर्ताले विश्वास गरेका छन् । मौद्रिक नीति मार्फत कसिएका पोलिसि, अर्थमन्त्री र धितोपत्र बोर्र्डले लगानीकर्तामैत्री पोलिसि ल्याउन सके बजारले नयाँ रेकर्ड चुम्ने पक्का पक्की जस्तैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछिका चार दिनमा नेप्से १६६ अंकले बढेर परिसुचक २४२४.३२ अंक पुगेको छ । लामो समयदेखि २ हजार बिन्दुको नजिक रहेको नेप्से चारै दिनमा २४२४ अंकमा पुगेको हो । बिहीबार मात्रै १५ अर्ब ५४ करोड रूपैयाँको कारोबार भएको थियो ।

पछिल्लो समयमा बैंक ब्याजदर घटिरहेको छ । प्रत्येक महिनाजस्तै निक्षेप र कर्जा दुवैको ब्याजदर घट्दो क्रममा रहेको छ । यसले पनि पुँजीबजारमा सुधार गर्न सहयोग पुगेको देखिन्छ । केही दिनयता सार्वजनिक मन्तव्यहरूमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति लचिलो आउने संकेत गर्दै आएका छन् पछिल्ला चार दिनमा सेयर बजार लयमा फर्किंदा परिसूचक २७ महिनायताकै उच्च बिन्दुमा पुगेको छ ।

गत साता कारोबार बन्द भएको दिन बिहीबार २२०४ विन्दुमा रहेको नेप्से परिसूचक आइतबार २२५७ पुगेको थियो । त्यसपछि सोमबार सामान्य करेक्सन आएर २२४० विन्दुमा झरेको परिसूचक मंगलबार २३१०, बुधबार २३६४ र बिहीबार २४२४.३२ विन्दुमा उक्लिएको हो । बिहीबार ३१२ धितोपत्रको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर १ लाख ८४ हजार ७१२ पटक खरिद–बिक्री भएको थियो, जसबाट १५ अर्ब ५४ करोड रूपैयाँबराबरको कारोबार हुन पुग्यो । कारोबार भएकामध्ये पाँच धितोपत्रको मूल्य १० प्रतिशतका दरले बढेको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको हो । बिहीबार कुमारी सबल योजनाको इकाई मूल्य सबैभन्दा बढी ५.७६ प्रतिशत घटेको छ । यसैगरी सिन्धु विकास बैंकको सेयर मूल्य ४.५७ प्रतिशत घटेर ५०१ रूपैयाँमा झरेको छ । सर्वाधिक सेयर खरिद–बिक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ ।

यस कम्पनीको ४२ करोड ४६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रोमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ३८ करोड ९१ लाख रूपैयाँबराबरको कारोबार भएको छ । बिहीबार कारो रमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । सबैभन्दा बढी बैंकिङ समूहको सूचक ६.२८ प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक १.२७ प्रतिशत घटेको छ ।

 

सम्बन्धित समाचार