Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

images

साशा इन्जिनियरिङले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

साशा इन्जिनियरिङले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

अर्थ प्लस
साशा इन्जिनियरिङले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौँ, साउन ८ । साशा इन्जिनियरिङ्ग हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयरहरु आईपीओमार्फत धितोपत्र निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

सो कार्यका लागि सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष श्री पवित्र कुमार कार्की तथा  र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर गरेका छन् ।

सोही अवसरमा साशा इन्जिनियरिङ्ग हाइड्रोपावरका कम्पनी सचिव दिलिप कुमार चौधरी तथा एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाकोसमेत उपस्थिति थियो ।

सन् २००७ मा स्थापना भएको उक्त कम्पनीले दोलखा जिल्लामा अवस्थित खानीखोलाको पानी प्रयोग गरि ३० मेगावाट क्षमताको खानीखोला जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् शक्ति खरिदबिक्री गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौतासमेत गरिसकेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

 

सम्बन्धित समाचार